गएराति भएको दोस्रो चरणको खेलमा आफ्नै मैदानमा स्विडेनको ओएफकेसँग २–१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको ३–० को जितको मद्दतले आर्सनल अर्को चरणमा उक्लिएको हो ।
गएरातिको हारपछि आर्सनल एग्रिगेट स्कोरमा भने ४–२ ले विजयी भयो ।
युरोपा लिगअन्तर्गत गएराति भएका अन्य खेलमा स्पेनको एथ्लेटिको मड्रिडले डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदा ईटालीको लाजियोले रोमानियाको स्टावा बुकारेष्टलाई ५÷१ ले पराजित गर्यो ।
गएराति नै भएका अन्य खेलमा ईटालीको नापोलीले जर्मनीको आरबी लेप्जीगलाई उसैको मैदानमा २–० ले हराउँदा फ्रान्सको लियोंले स्पेनको भियारियालमाथि १–० को जित निकाल्यो ।
रुसको जेनिथले स्कटल्याण्डको सेल्टीकलाई ३–० ले स्तब्ध पार्दा ईटालीको एसी मिलानले बुल्गेरियाको लुदोगोरेट्स रज्गार्डलाई १–० ले, रुसको स्पार्टा मस्कोले स्पेनको एथ्लेटिक बिल्बाओलाई २–१ ले, पोर्चुगलको ब्रागाले फ्रान्सको मार्सेलाई १–० ले तथा अष्ट्रियाको साल्जबर्गले स्पेनको रियाल सोसीडाडलाई २–१ ले हराएका छन् ।










प्रतिक्रिया दिनुहोस्