Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


चेम्बर र म्यानमार फेडेरेसन अफ चेम्बर्सबीच समझदारी


0
Shares

काठमाडौं, मंसिर १६ । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबीच दुई पक्षीय व्यापारको बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल चेम्बर एक्स्पो २०१८ को संदर्भ पारेर गरिएको उक्त समझदारी पत्रमा चेम्बरको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र म्यानमार फेडेरेसन अफ चेम्बर्सको तर्फबाट सह–महासचिव म्यो थान्टले हस्ताक्षर गरेका थिए ।

यस समझदारीपत्र पश्चात दुईपक्षीय ब्यापार र लगानी थप मजबुत बन्ने विश्वास व्यक्त गरिएको छ ।