Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे६प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु१ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय, घैलाडुब्बाले नियन्त्रणमा लिएको बताइएको छ । (रासस)