Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नेप्से दोहोरो अंकले ओर्लियो


0
Shares

काठमाडौं, मंसिर १६ । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन ।

साताको पहिलो दिन आइतबार कारोबार केही उच्च रहे पनि बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लाग्यो । नेप्से १७ अंकले ओरालो लागेर ११३० मा आएर थामियो ।

व्यापार समूह सामान्य अंकले उकालो लागेबाहेक सबै समूह ओरालो लागे । यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च अर्थात १३९ अंकले ओर्लियो ।

यस्तै जीवन बिमा समूह १०५ अंकले झर्‍यो । होटल, जलविद्युुत, लघुवित्त, बैंकिङ, विकास बैंक समुह पनि दोहोरो अंकले ओरालो लाग्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीको १४ लाख ४५ हजार कित्ता सेयर ४६ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।