२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पर्वतमा मगर महोत्सव सुरु


0
Shares

३६औं मगर दिवसको अवसरमा पर्वतमा क्रियाशील पुन युवा क्लबको आयोजनामा महोत्सव सुरु भएको हो ।

लोप हुँदै जान थालेका मगर संस्कृति, सोरठी, सालैजो, यानिमाया, सुनिमाया, ठाडो भाकालगायत मगर भेषभूषा, मगर समुदायमा प्रचलित खानाका परिकार, पहिरन तथा पोसाकहरुको प्रबद्र्धन र संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

पर्वत सदरमुकाम कुश्माबजारमा सुरु उक्त महोत्सव फागुन १५ गतेसम्म सन्चालन हुनेछ ।

महोत्सवमा लोपोन्मुख सोरठी नृत्य, सालैजो भाका प्रतियोगिता, विभिन्न मगर संस्कृति र परम्परागत नृत्य प्रतियोगिताहरु हुनेछ ।

त्यसैगरी, प्रौढ भलिबल, बास्केटबल, पुरुष भलिबल, महिला भलिबलजस्ता खेलकुद प्रतियोगितासमेत आयोजना गरिएको छ ।