
बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा २६ अंकले घटेर अन्तिम दिन १३ सय ८६ अंकमा आएर थामियो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीका ४२ लाख ४८ हजार कित्ता सेयर १ अर्ब ७० करोड रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
गत साता एक्सचेन्जमा १७९ कम्पनीका ३७ लाख ९२ हजार कित्ता सेयर १ अर्ब ५४ करोड बराबरमा खरिद–बिक्री भएको थियो । कारोबार रकम गत साताकोभन्दा १० प्रतिशतले बढी हो ।
यो साता कारोबार भएका सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च १८२ अंकको कमी आयो । जलविद्युत् समूहमा ४७ अंकको, लघुवित्त समूहमा ४५ अंकको, विकास बैंक समूहमा २७ अंकको, होटल समूहमा २६ अंकको, वाणिज्य बैंक समूहमा २४ अंकको, उत्पादनमूलक समूहमा १८ अंकको, वित्त समूहमा ८ अंकको, व्यापार समूहमा ३ अंकको र अन्य समूहमा १ अंकको गिरावट आयो ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो भने कारोबार सेयर संख्या एवं कारोबार संख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रह्यो ।
प्रतिक्रिया दिनुहोस्