
आइतबार तोलाको ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ३०० ले घटेर तोलाको ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १०० ले बढेर तोलाको ५८ हजारमा कारोबार भएको सुनको मूल्यमा मंगलबार भने तोलामा २०० रुपैयाँले कमी आएको थियो ।
बुधबार पुनः तोलामा २०० ले ओरालो लागेको सुनको मूल्य शुक्रबारसम्म स्थीर रह्यो ।
यस्तै, आइतबार तोलाको ७४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा तोलामा ५ रुपैयाँले बढेर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्