१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


बैतडीको दोगडाकेदारमा एक करोड रुपैयाँको लागतमा खेल मैदान निर्माण हुँदै


0
Shares

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक करोड रुपैयाँको लागतमा पालिकास्तरीय खेल मैदान निर्माण सुरु गरिएको छ ।

गाउँपालिकाको वडा नं. ३ श्रीकोट र वडा नं ७ देउलेकको सीमाना लवलेकमा खेलमैदान निर्माण सुरु गरिएको हो ।

खेल मैदान निर्माण गर्न गाउँपालिकाले चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

२ सय मिटर चौडाई र ४ सय मिटर लम्वाई हुने उक्त खेलमैदानका लागि थप बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

सुविधा सम्पन्न खेल मैदान निर्माण गर्न गाउँपालिकाले आगामी वर्ष पनि केही रकम विनियोजन गर्ने उनले जानकारी ििदए ।