१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


प्रदेशस्तरीय युवा महोत्सवको तयारी पूरा


0
Shares

इलाम, असार १३ । इलाममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला युवा समितिको कार्यालय इलामको आयोजनामा बिहीबारदेखि इलाम सदरमुकाम चोकबजारमा १ नम्बर प्रदेशस्तरीय युवा महोत्सव हुँदैछ ।

महोत्सवमा मिनि म्याराथन, सांस्कृतिक कार्यक्रम, युवाकवि सम्मेलन, युवा परिषद र जिल्ला युवा समितिको कार्यालयहरुबीच अनुभव आदान–प्रदान र सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ ।

यस्तै, मैत्रीपूर्ण क्रिकेट, युवा गजल मेला, प्रदेशका युवाउद्यमीबीच अनुभव आदान–प्रदानलगायतका कार्यक्रम पनि हुने जनाइएको छ ।

महोत्सवमा प्रदेश नम्बर–१ का १४ ओटै जिल्लाहरुको प्रतिनिधित्व हुनेगरी स्टलहरु राखिने बताइएको छ ।

महोत्सवले इलामको पर्यटन क्षेत्रमा विशेष टेवा पुग्ने विश्वास गरिएको युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरले बताए ।