२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चितवनमा लक्ष्यभन्दा बढी राजश्व संकलन, घरबहाल कर संकलनमा भने समस्या


0
Shares

माघ मसान्तसम्म ९ अर्व ९० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले १० अर्व ६४ करोड राजश्व संकलन गरेको जनाएको छ । यो लक्ष्यभन्दा ७ प्रतिशत बढी हो । कार्यालयले अन्तःशुल्कबाट सबैभन्दा बढी ९ अर्ब ५ करोड राजश्व असुल गरेको छ । अन्तःशुल्कतर्फ ८ अर्ब १४ करोड राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले सबैभन्दा कम स्वास्थ्य सेवातर्फ राजश्व संकलन गरेको छ ।

स्वास्थ्य सेवातर्फ ५ करोड ६७ लाख लक्ष्य राखिएकोमा ३ करोड ७७ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको हो । कार्यालयले आयकर, व्याजकर, मुअकर, शिक्षा सेवामा पनि लक्ष्य अनुसारको राजश्व असुल गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत थानप्रसाद पंज्ञानीले कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भए पनि घरबहाल लगायतका कर संकलनमा भने समस्या भएको बताए । उनले भरतपुर महानगरमा घरबहाल करबापत न्यूनतम मासिक ५ हजार रुपैयाँ निर्धारण गरिएको भए पनि स्थायी लेखा नम्बर अनिवार्य नगरिएकाले सबै करको दायरामा आउन नसकेको बताए ।