 
	    काठमाडौं, फागुन १४ । इङ्गलिस प्रिमियर क्लब म्यान्चेस्टर सिटीले काराबाओ कप फुटबलको उपाधि जितेको छ ।
वेम्बले रंगशालामा गएराति भएको फाइनलमा आर्सनललाई ३-० ले हराउँदै म्यान्चेस्टर सिटीले लिग कप पनि भनिने यो उपाधि जितेको हो ।
खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरो, भिन्सेन्ट कम्पनी र डेभिड सिल्भाले एक–एक गोल गरे ।
जितसँगै प्रशिक्षक पेप ग्वार्डीयोलाले म्यान्चेस्टर सिटीका लागि पहिलो मुख्य उपाधि दिलाएका छन् ।
उता आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरको भने सिजनको पहिलो उपाधि हात पार्ने सपना अधुरै रह्यो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्