Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रियाल मड्रिडले भ्यालेन्सियालाई हरायो


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबल (ला लिगा) मा रियाल मड्रिडले भ्यालेन्सियालाई २–० ले हराएको छ  ।

गएराति भएको खेलको आठौं मिनेटमा भ्यालेन्सियाका ड्यानिएल वासले आत्मघाति गोल गरेपछि रियाल मड्रिडले अग्रता लियो ।

८३ औं मिनेटमा लुकास भाज्क्वेजले एक गोल थप्दै रियाल मड्रिडलाई २–० ले विजयी गराए ।

जितपछि रियाल मड्रिडले शीर्ष स्थानको सेभियासँगको अंक दुरीलाई ३ अंकमा झारेको छ । रियालको १४ खेलबाट २३ अंक भएको छ ।

शीर्ष स्थानमा रहेको सेभिल्लाको १३ खेलबाट २६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २४ अंक छ ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलमा सेल्टा भिगोले हुएस्कालाई २–० ले हराउँदा लेगानेजले रियाल भालाडोलिडलाई ४–२ ले तथा गेटाफेले इस्पानियोललाई ३–० ले हराएका छन् ।