१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


सेयरबजार सामान्य अंकले सकारात्मक


0
Shares

काठमाडौं, असार १३ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार बुधबार भने सामान्य अंकले सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ४ अंकले सकारात्मक रहेर ११ सय ९९ कायम भएर थामियो ।

मध्याह्नतिर उकालो लागेर १२ सयमाथि पुगिसकेको नेप्से पछि पुनः सुस्ताएको हो ।

उत्पादनमूलक, बिमा र जलविद्युत्बाहेक अरु सबै समूह हरियो रहे । होटल र विकास बैंक समूहमा दोहोरो अंकको सुधार भएपनि अन्य, लघुवित्त, वाणिज्य बैंक र वित्त समूह भने सामान्य अंकले धनात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका ५ लाख ८३ हजार कित्ता सेयर जम्मा १७ करोड ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।