सो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तिमा भएको क्षतिकोबारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
त्यसैगरी, जापानको फुकुसिमा प्रान्तमा केन्द्रविन्दु रहेको ५.७ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ ।
फुकुसिमा प्रान्तको तटीय क्षेत्रमा सो भूकम्प गएको भएपनि हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन ।
जापानको उत्तरपूर्वी प्रान्त फुकुसिमामा गएको सो भूकम्प स्थानीय समयाअनुसार सोमाबार बिहान सबेरै १ः२८ मा गएको थियो ।
जापानको भूकम्प मापन केन्द्रले पनि यस भूकम्पपछि सुनामीको चेतावनी दिएको छैन ।
यस भूकम्पको कम्पन पूर्वी जापानी राज्य मियाग, इबाराकी टोचिगी, गनमा र टोकियो छिमेकमा पर्ने चिबा र सैटामामासमेत महसुस गरिएको थियो । रासस/सिन्ह्वा




प्रतिक्रिया दिनुहोस्