
मड्रिड सहरका उपमेयर लुइस कारलोस क्युटो अल्भारेज डी सोतोमायोर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोमबार राजधानीमा भगिनी सम्बन्धसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा मड्रिड सहरका उपमेयर डी सोतोमायोरले दुई सहरबीचको सम्बन्धले दुईका सामाजिक, साँस्कृतिक, आर्थिक र प्राविधिक अनुभव आदान–प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै, काठमाडौ महानगरपालिकाका मेयर शाक्यले यसखालको सम्बन्धले दुई देशबीच सम्बन्ध सुदृढ बनाउन पनि सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्