२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


निर्यात बढ्न नसक्नु चिन्ताको विषय : अर्थमन्त्री


0
Shares

काठमाडौं, मंसिर १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यात बढ्न नसक्नु चिन्ताको विषय भएको बताएका छन् ।

आयात बढेकोमा चिन्ता लिन नपर्ने तर निर्यात नबढेकोमा चिन्ता लिनुपर्ने उनको भनाइ थियो ।

नेपाल आर्थिक पत्रकार समाजको २१औं स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले विमान खरिदको प्रक्रियामा प्रश्न उठाउनु जायज भएपनि विमानका कारण बढेको व्यापार घाटालाई सकारात्मकरुपमा लिन आग्रह गरे ।

कस्ता वस्तुहरुको आयात बढेको छ ? भन्ने ध्यान दिनुपर्ने भन्दै उनले उपभोग्य वस्तुको आयात नबढेको भन्दै विकास निर्माणसम्बन्धी वस्तुको आयात बढेको जिकिर गरे ।

मन्त्री खतिवडाले विश्व बैंकले प्रकाशित गरेको ‘डुइङ बिजनेस’ रिपोर्टप्रति पुनः असन्तुष्टि जनाए ।

सरकारले गम्भीर ध्यानाकर्षण गराएपछि रिपोर्ट पुनरावलोकनका लागि विश्व बैंकको मिसन काठमाडौंमा आएको पनि उनले बताए ।

कार्यक्रममा यस वर्षको सेजन अवार्डबाट पुरस्कृत रुद्र खड्का र सुवास योञ्जनलाई जनही ५० हजार रुपैयाँसहितको सम्मानपत्र प्रदान गरिएको थियो ।