आयोजक बागमती युवा क्लबले सोमबार सर्लाहीमा पत्रकार सम्मेलन गरी चैत ८ देखि बागमती नगरपालिकास्थित कर्मैया खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका ८ सहित भारत र भुटानका एक/एक गरी १० टिमको सहभागिता रहने बागमती क्लबका अध्यक्ष किस्मत मैनालीले बताए ।
प्रतियोगितामा सर्लाहीको एक आयोजक टिमसहित सशस्त्र प्रहरी बलको एपिएफ क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, संकटा, थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, हिमालयन शेर्पा क्लबलगायत टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई जनही १५ हजार प्रदान गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मैनालीले प्रायोजक नहुँदा प्रतियोगिता आयोजना गर्न कठिनाइ भएको गुनासो गरे ।
प्रतियोगितामा योपटक खेल हेर्न आउने दर्शकबाट १५ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ । प्रतियोगिता आयोजना गर्न ५० लाख बढी खर्च हुने अनुमान आयोजकको छ ।









प्रतिक्रिया दिनुहोस्