
सिंहदरबार, पुतलीबगैंचास्थित मन्त्रालयमा सोमबार पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन् ।
रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षासचिव विनोद केसीलगायतले स्वागत गरेका थिए ।
सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिएका थिए ।
मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ ।
रक्षामन्त्री पोखरेल नेकपा एमालेका महासचिव एवं काठमाडौं क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
वि.सं. २०१० मा ओखलढुंगामा जन्मिएका पोखरेल १६ वर्षको उमेरदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा होमिएका थिए ।
वि.सं. २०२६ देखि नेपाली राजनीतिमा निरन्तर सक्रिय उनी २२ वर्षको उमेरमा २०३३ सालमा ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी’ को केन्द्रीय सदस्य भएका थिए ।
वि.सं. २०३५ मा गठित तत्कालीन ‘नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)’ को उनी संस्थापक केन्द्रीय सदस्य थिए ।
वि.सं. २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित उनले एमालेको आठौं र नवौं महाधिवेशनबाट महासचिवमा पनि निर्वाचित भइ पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव, केन्द्रीय प्रचार विभाग प्रमुख, विभिन्न जनसंगठनका इन्चार्ज, उपत्यका इन्चार्ज र पार्टी केन्द्रीय कार्यालय प्रमुखजस्ता जिम्मेवारी वहन गरिसकेका छन् ।
वि.सं. २०४० मा सिन्धुपाल्चोकमा भएको ‘पिस्कर हत्याकान्ड’ र त्यसपछि तत्कालीन निरंकुश सरकारको दमनकाबेला त्यहाँको पार्टी कामको नेतृत्व उनले सम्हालेका थिए ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको अनुभव संगालेका मन्त्री पोखरेल उद्योगमन्त्री भएकैबेला २०६१ माघ १९ को शाही शासनकालमा बन्दी भएका थिए ।
त्यसबेला उनले ‘माघ १९’ नामक संस्मरण लेखे भने उनको ‘पूर्वको रातो तारा’ नामक अर्काे स्मरण कृति पनि प्रकाशित छ । रासस
प्रतिक्रिया दिनुहोस्