धादिङमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते • Image Khabar Image Khabar


धादिङमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते


Imagekhabar
१५ फाल्गुन २०७४, मंगलवार ०८:४०

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते

धारापानीस्थित खोल्सामा गएराति साढे ११ बजे बा१ख ९८४२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक धादिङ थाक्रे–१ का बलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार ट्रकमा सवार ३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका टिका राम तामाङ, राजेश तामाङ र कमल तामाङलाई उद्धार गरि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । घाइतेमध्ये टिकारामको अवस्था भने गम्भिर रहेको जनाइएको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्