बुटवल, मंसिर १५ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले उत्पादनमूलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसके देशको आर्थिक विकास हुनै नसक्ने बताएका छन् ।
शनिबार रुपन्देही उद्योग वाणिज्य संघको ४१औं स्थापना दिवसमा बोल्दै मुख्यमन्त्री पोखरेलले बद्लिँदो परिस्थितिअनुरुप प्रविधिको उपयोग गर्दै औद्योगीकरण गर्नुपर्नेमा जोड दिए ।
उनले परम्परागत प्रणाली विस्थापन गर्दै जमिनको अस्वाभाविक मूल्यवृद्धि रोक्ने कानुन बनाउनेतर्फ प्रदेश सरकार लागेको जानकारी दिए ।
कार्यक्रममा सोही क्षेत्रका १२ उद्योगहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्