२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इलाममा औलो रोगी घट्दै, किटनाशक झुल वितरणबाट औलो नियन्त्रण हुँदै


0
Shares

यस तथ्याङ्कअनुसार औलो रोगीका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा आव २०७३/०७४मा ७० जना कम हो । चालु आवको हालसम्ममा एक जनामात्र औलो रोगका बिरामी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सन् २००५ देखि किटनाशकयुक्त झुल वितरणसँगै प्रभावकारी रुपमा उपचार सेवा प्रदान गरिन थालिएपछि औलो रोगीको संख्या घट्दै गएको जनस्वास्थ्य कार्यालय इलामको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्दै आएको अध्ययनमा इलाममात्र होइन, देशमा नै औलो रोगीका बिरामी घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल अधिकृत विमल बरालले बताए ।

उनले भने, ‘औलो सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन, लामखुट्टेबाट बच्नको लागि विभिन्नखाले झुलहरूको वितरण गरिरहेकोले कम हुँदै गएको हो । झापासँग सिमा जोडिएका जिल्लाका साविक चुलाचुली, महमाई, दानाबारी, बाँझो गाविसलाई जोखिम क्षेत्र मानिन्छ । तसर्थ यी क्षेत्रमा औलो नियन्त्रण कार्यक्रम अन्तर्गत वर्षमा दुई पटक विषादी औलो स्प्रे गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाको साविक चुलाचुली गाविस वडा नम्बर ८ उच्च जोखिम क्षेत्रमा राखेको छ । ग्लोबल फण्डको सहयोगमा सो वडामा वर्षमा एक हजार पाँच सय झुल वितरण भइरहेको कार्यालयको भनाइ छ । सो वडाका गर्भवती महिला पहिलो पटक गर्भ जाँच गराउन आउँदा एक/एक थानको दरले जम्मा ५० थान, बाँकी एक घर परिवारमा दुई जना बराबर एक÷एक थानको दरले झुल वितरण भइरहेको छ ।

औलो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा पर्ने चिकित्सकको भनाइ छ । सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने सरकारको लक्ष्यलाई पुर्णता दिन इलाममा औलोमुक्त जिल्ला बनाउन विभिन्न किसिमका कार्यक्रमहरु अहिले पनि निरन्तर गरिरहेको अधिकृत बरालले बताए । सन् २०२० सम्ममा रोगीको संख्या शुन्यमा झार्ने जिल्ला जनस्वास्थ्य कार्यालय इलामको लक्ष्य रहेको बताइएको छ ।