३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


सिरिया ‘नरसंहार’को विरोधमा राष्ट्रसंघ कार्यालयअगाडि धर्ना


0
Shares

सिरियामा भइरहेको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्धविरामको प्रस्तावलाई तत्काल लागू गर्न माग गर्दै धर्ना दिइएको हो ।

सिरियामा स्थायी शान्तिका लागि मार्गप्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह गर्दै सिरियाली जनताको जीवनरक्षाका लागि प्रभावकारी भूमिका खेल्न धर्नामा सहभागी अधिकारकर्मीहरुले आग्रह गरेका थिए ।

सो अवसरमा मानवअधिकार तथा शान्ति समाजका सभापति गंगाधर अधिकारीले संसारको जुनसुकै भागमा भएका मानवताविरुद्धको अपराधविरुद्ध अभियान जारी राख्ने बताए ।