
तुलसीपुरको यातायात व्यवस्था कार्यालयमा कार्यरत् नायबसुब्बा हरिबहादुर नेपालीको घोराहीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुरबाट घोराहीतर्फ रा३प ८७७३ नम्बरको मोटरसाइलकमा जाँदै गरेका नेपालीलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ६२० नम्बरको ट्रकले ठक्कर दिएको र पछाडिबाट रा१त ८३५ नम्बरको ट्याक्टरले च्याप्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
४५ वर्षीय नेपाली रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर–४ घर भइ केही समयदेखि यातायात व्यवस्था कार्यालय राप्तीमा कार्यरत् थिए ।
प्रतिक्रिया दिनुहोस्