१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


तेह्रथुमका दुई दर्जन बढी गाउँमा खानेपानीको चरम अभाव


0
Shares

तेह्रथुम, फागुन १६ । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका दुई दर्जन बढी गाउँमा खानेपानीको चरम अभाव भएको छ ।

खानेपानी अभाव भएकै कारण धेरै मानिस बसाईं सरेर गएपछि यहाँका बस्तीहरु रित्ता बन्दै गएका छन् ।

तमोर नदीसँग सिमा जोडिएका यी गाउँका बासिन्दालाई तमोर नदीको पानीलाई हेरेर प्यास मेटाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

आठराई गाउँपालिकाको ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ तथा छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा, ओख्रे र पन्चकन्या साथै फेदाप गाउँपालिकाको सिम्लेमा खानेपानीको समस्या छ ।

गाउँमा रहेका पानीका मुहान सुकेर खानेपानी समेत नपाएपछि पुर्खाैली बासस्थान छाडेर अन्यत्र सर्नुपर्ने बाध्यता यी क्षेत्रका बासिन्दालाई छ ।

वर्षेनी पानीका मुहान सुक्दै जान थालेपछि जिल्लाका अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ ।

पानी अभावकै कारण पर्याप्त सिँचाई गर्न नसकिँदा खेतीयोग्य जमिन बाँझिने क्रम पनि बढेको छ ।