६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


सरकार काम गर्नभन्दा प्रचारमा रमाएको छः नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार काम गर्नभन्दा प्रचारमा रमाएको बताएका छन् ।

हरेक क्षेत्रमा हात हाल्ने तर नतिजा आउने गरी काम गर्न नसकेकोले नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार असफल हुने बाटोमा गएको पनि उनले बताए ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘साना बच्चा खेलौना पसलमा गएपछि जे देख्यो त्यही चाहिएजस्तै, वर्तमान ओली सरकार कस्तो छ भने पपुलारिटी कमाउन हरेक क्षेत्रमा हात हाल्ने काम गर्छ। हात हाल्ने प्रचारप्रसार गर्ने तर काम (रिजल्ट) केही नगर्ने ।’

यातायात सिण्डिकेट हटाउन, सुनकाण्ड र बलात्कारका दोषी पत्ता लगाउन सरकार चुकेको उनले बताए ।

‘बिहानले दिनको संकेत गर्छ भनेजस्तो नौ महिनामा सरकारको संकेत त राम्रो भएन। पाँच वर्ष समय छ । तर काम गर्लाजस्तो छैन,’उनले भने ।

सरकारले नारा ठूलो लगाउने तर काम केही नगरेको उनले आरोप लगाए ।

‘कुरा ठूलो गर्ने काम केही नगर्ने। त्यत्रो सुनकाण्ड भयो । ठूलो माछा समात्छु भन्छ सानो पनि समाउन सक्दैन,’ उनले भने ।