
कैलाली । कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब २८ करोड रुपैंयाँ राजस्व संकलन गरेको छ ।
पहिलो चौमासिकमा १ अर्ब ५८ करोड १४ लाख राजस्व संकलनको लक्ष्य राखे पनि लक्ष्यभन्दा कम संकलन भएको हो ।
पहिलो चौमासिकमा निर्धारित लक्ष्यको १ शदमलव ६ प्रतिशत राजस्व कम संकलन भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीले बताए
चौमासिकमा ९८ दशमलव ४ प्रतिशत राजस्व संकलन गरेर लक्ष्य नजिक पुगेको भन्दै उनले साउन, भदौ र कात्तिकमा अपेक्षाकृत राजस्व संकलन गर्न नसकेको बताए ।
भन्सार कार्यालयले साउनमा ३७ करोड ५९ लाख ९४ हजार रुपैयाँ संकलनको लक्ष्य राखेकोमा २९ करोड ३० लाख १३ हजार उठेको छ ।
यस्तै, भदौमा ४२ करोड ९७ लाख ७ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ३८ करोड १५ लाख ५२ हजार रुपैयाँ र असोजमा ३६ करोड ९ लाख ९४ हजार रुपैयाँ लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी ४७ करोड २ लाख २७ हजार रुपैयाँ संकलन भएको छ ।
यस्तै कात्तिकमा ४१ करोड ४७ लाख ७ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ४० करोड ६ लाख ७२ हजार संकलन भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयलाई ५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्