
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनाको अवधिमा ५० लाख रुपैंयाँ संकलन भएको छ ।
यो तीर्थयात्रीले चढाएको रकम हो । गत साउनदेखि कात्तिक मसान्तसम्मको रकम गणना गरिसकिएको छ भने भारतीय रुपैंयाँ गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्य सचिव उदय भट्टराईले जानकारी दिए ।
उनका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा जम्मा भएको ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ बैंक खातामा जम्मा गरिएको छ ।
यस्तै सुन, चाँदीलगायतका गरगहना बिक्री गर्नसमेत बाँकी छ ।
स्वदेशी तथा विदेशी गरि एक वर्षमा दुई लाखभन्दा बढी तिर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका छन् भने करोडौ रुपैयाँ बराबरको भेटी संकलन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्