Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


मदिरा बेचबिखनसम्बन्धी मस्यौदाप्रति होटल व्यवसायीको आपत्ति


0
Shares

काठमाडौं, मंसिर १४ । हालै सरकारले तुर्जमा गर्न लागेको मदिरा बेचबिखनसम्बन्धी आदेश तथा नीतिलगायतका विषमा होटल संघ नेपाले आपत्ति जनाएको छ ।

संघको कार्यसमिति सदस्यसहित तारेहोटल सन्चालक तथा प्रतिनिधिहरुको उपस्थितिमा शुक्रबार बसेको आकस्मिक बैठकले यस विषयप्रति असन्तुष्टि जनाएको हो ।

व्यवसायीहरुले सरकारले शान्ति–सुरक्षा र अमनचैन कायम राख्न लागेको कार्यलाई संघको तर्फबाट सकारात्मकरुपमा लिएको तर मदिरा बेचबिखनसम्बन्धी मस्यौदामा भने तीव्र असन्तुष्टि जनाएका हुन् ।

संघका अध्यक्ष अमरमान शाक्यले मस्यौदामा भएबमोजिमका निर्णय लागू गरिने हो भने मर्यादित व्यापार–व्यवसाय सन्चालन गरिरहेका होटललगायत आतिथ्यता उद्योगका सम्पूर्ण संयन्त्रहरु नै प्रत्यक्ष मारमा पर्न जाने बताए ।

यस परिवेशमा सम्पूर्ण सरोकारवालाहरुसँग गहन छलफल तथा बृहत् परामर्श नगरी तर्जुमा गरिने यस प्रकारका नीति व्यवसायमैत्री नहुने र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पुर्‍याइ औद्योगिक तथा व्यावसायिक अभिवृद्धिमासमेत नकारात्मक सन्देश प्रवाह गर्ने संघको भनाइ छ ।

अतिथ्यता उद्योग नै नेपालको प्रमुख पहिचान तथा पर्यटकीय स्रोत भएको मान्यतामाथि नै प्रत्युत्पादक हुनसक्ने भएकाले आशन्न नेपाल भ्रमण वर्ष २०२० समेतलाई मध्यनजर गरी यस प्रकारका निर्णय कार्यान्वयनमा जानुपूर्व घनिभूत छलफल गरी कार्यसम्पादन गरिनुपर्ने माग उक्त बैठकले गरेको छ ।

Skip This