
नवराज छत्कुली (इमेज)
धादिङ, मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुबीचको एकताबिना देशले सही दिशा नलिने बताएका छन् ।
धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रीय समितिले आयोजना गरेको धादिङ कृषि पर्यटन तथा औद्योगिक मेलाको शुक्रबार उद्घाटन गर्दैै अध्यक्ष दाहालले अबको लडाइँ देशको आर्थिक परिवर्तनका लागि हुनुपर्ने बताए ।
सरकारको कामको आलोचना भएपनि नेकपाको नेतृत्वमा सरकार बनेपछि देशमा निकै परिवर्तन भएको उनको दाबी थियो ।
धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला १० दिनसम्म सन्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्