Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नेपाल र कम्बोडियाका निजी क्षेत्रबीच व्यापार एवं लगानी प्रवर्धन छलफल


0
Shares

काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र कम्बोडिया व्यापार संघका उपाध्यक्ष ओक्न्हा लिम हेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमन्डलबीच शुक्रबार महासंघको सचिवालयमा द्विपक्षीय व्यापार तथा लगानीको विषयमा छलफल भएको छ ।

छलफलमा महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा हालका दिनमा स्थायी सरकार भएको तथा सरकारको प्रमुख उद्देश्य तथा लक्ष्य आर्थिक समृृद्धि भएकाले सोअनुसार नेपालमा लगानीमैत्री वातावरण भएकोबारे स्पस्ट पार्दै नेपालमा लगानी गर्न आह्वान गरिन् ।

साथै, उनले नेपालमा धेरै क्षेत्रहरुमा शतप्रतिशत विदेशी लगानी गर्नसकिने, हालका दिनहरुमा रोजगारदाता र श्रमिकहरुबीच सुमधुर सम्बन्ध भएकोबारे जानकारी गराउँदै नेपाल लगानीका लागि अत्यन्त लाभदायक गन्तव्य भएको बताएकी थिइन् ।

सो अवसरमा कम्बोडिया चेम्बरका उपाध्यक्ष लिमले कम्बोडियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिँदै नेपालमा लगानीसम्बन्धी भएका नीति, ऐन–नियमहरुबारे जिज्ञासा राखेको जनाइएको छ ।