Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


होलीमा हत्या


0
Shares

सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सन्चालन भइरहेको अवस्थामा राति ११ः४५ बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको टीकापुर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ ।

घटनामा संलग्न रहेको आशंकामा चारजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

पहाडी जिल्ला र तराइका जिल्लामा छुट्टाछुट्टै दिन होली पर्व मनाउने गरिएपनि कैलाली र कन्चनपुर जिल्लामा दुवै दिन होली मनाउने चलन छ । रासस

Skip This