२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


फोरम र राजपालाई बिनाशर्त सरकारमा आउन आग्रह


0
Shares

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा एमाले नेता रवीन्द्र अधिकारी र माओवादी केन्द्रका नेता दिनानाथ शर्माले सबैलाई मान्य हुनेगरी जायज विषयमामात्र संविधान संशोधन गरिने भएकाले पहिले सरकारमा सहभागी हुन आग्रह गरे ।

कार्यक्रममा संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादव र राजपाका नेता मनीष सुमनले एकजनासँगमात्रै सम्झौता गरेर आफूहरु सरकारमा नजाने भन्दै एमाले र माओवादी दुवैसँग सहमति गरेरमात्रै सरकारमा जाने बताए ।

यस्तै, नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले गर्ने सकारात्मक काममा कांग्रेसको साथ र सहयोग रहने तर मनपरी गर्न भने छुट नदिने बताए ।