
वर्षभरि नै हिउँले ढाकिएर टक्लिँदै आएका हिमालमा समेत हिउँ घट्न थालेको छ ।
दुई दशकअघिसम्म ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा हिउँदका तीन महिना सधैंजसो हिमपात हुन्थ्यो । सुकेटार विमानस्थलमा हवाई सेवा नै लामो समयसम्म अबरुद्ध हुन्थ्यो ।
३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथीभरा क्षेत्रमा त असोजदेखि फागुन अन्तिमसम्म नै हिउँले ढाक्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ । ताप्लेजुङबासीले मजाले हिउँमा खेल्न पनि पाउन छाडेका छन् ।
वर्सेनि हिमपात हुने क्रम घटेसँगै ताप्लेजुङका हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । विश्वकै तेस्रो अग्लो कञ्चनजंघासहित कुम्भकर्णलगायतका हिमालमा पनि हिउँ पर्न छाडेको छ ।
हिउँ नै पर्न छाडेपछि हिमाली क्षेत्रको सुन्दरता मात्रै घटेको छैन, हिमाली क्षेत्र उराठलाग्दो पनि बन्दै गएको छ । हिमाल हेर्न र हिउँ खेल्न ताप्लेजुङमा पुग्ने गरेकाहरु पनि अहिले निराश भएर फर्कन थालेका छन् ।
हिउँ नपर्दा हिमाली क्षेत्रको सुन्दरता त मेटिएको छ नै यसले वातावरणमा पार्ने प्रभाव पनि निकै खतरनाक छ ।
हिउँ नपर्दा हिमाली क्षेत्रका बन्यजन्तु र बनस्पतिलाई प्रत्यक्ष असर पारेको छ । कतिपय वनस्पति लोप हुने अवस्थामा पुगेका छन् । हिउँसँग आश्रित किसानको जिविकोपार्जनमा समेत समस्या आउन थालेको छ ।
विश्व ताममान वृद्धिका कारण हिउँ नपर्ने, खडेरी पर्ने, समयमा वर्षा नहुने जस्ता समस्या देखिएका छन् । यस्ता समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला पक्षले ध्यान दिनु जरुरी भएको छ ।
प्रतिक्रिया दिनुहोस्