३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


‘सनम लाइभ इन नेपाल’ सम्पन्न


0
Shares

प्यारादोक्स सिटी इन्क कम्पनीद्वारा आयोजित ‘सनम लाइभ इन नेपाल’ नामक कार्यक्रम शनिबार ललितपुरको जाउलाखेल मैदानमा सम्पन्न भएको हो ।

युट्युबमा बलिउडका नयाँ तथा पुराना दर्जनौं हिट गीतहरु गाएर चर्चित बनेको ‘सनम’ आफ्नो प्रस्तुतिका लागि शुक्रबार काठमाडौं आइपुगेको थियो ।

कार्यक्रममा ‘सनम’का अलवा नेपालका आशिष राना ‘लाहुरे’, स्वप्न सुमनलगायतका कलाकारहरुलेसमेत प्रस्तुति दिएका थिए ।

इमेज च्यानल अफिसियल टेलिभिजन पार्टनर रहेको कार्यक्रममा दर्शकहरुलाई प्रवेशका लागि १५००, ३००० र ५००० रुपैयाँ दरका टिकटको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा हजारभन्दा बढीको संख्यामा दर्शक उपस्थित भएको आयोजक कम्पनीको भनाइ छ ।