
रुकुम, फागुन २० । रुकुम पूर्वमा स्थानीयबासी भीरमौरीको मह निकाल्न व्यस्त भएका छन् ।
डरलाग्दो देखिने भीरबाट स्थानीयले जोखिम मोलेर भीरमौरीको मह निकाल्ने गर्दछन् ।
सिस्ने गाउँपालिकाका प्वाङ, जाङ र सिस्नेका स्थानीयले हरेक वर्ष पुसदेखि वैशाखसम्म भीरमा पुगेर भीरमौरीको मह निकाल्ने गर्दछन् ।
उर्लिरहेको सानीभेरी नदीमाथिको कालापहाडको बीचमा पाइने भीरमौरीको मह निकालेर उनीहरुले बिक्री गर्दै आएका छन् । भीरमौरीको मह विभिन्न रोगको उपचारमा समेत खर्च हुने गरेको छ ।
घरमा पालिएका मौरीभन्दा भीरमौरीको मह खाँदा बढी शक्ति प्राप्त हुने गरेको स्थानीय उदय केसीले बताए । रुकुममा भीरमौरीको मह प्रतिकिलो ७ सय रुपैयाँका दरले बिक्री हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्