Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सहिद स्मारक ए डिभिजन लिग : पुलिस क्लवद्वारा एनआरटी पराजित


0
Shares

काठमाडौं, मंसिर १४ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरणका खेल आजदेखि सुरु भएका छन् ।

पाँचौ चरणको पहिलो खेलमा पुलिस क्लबले एनआरटीलाई ३–० ले पराजित गरेको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा पुलिसलाई विजयी गराउन निरकुमार राईले दुई तथा अभिष्ोक रिजालले एक गोल गरे ।

जारी लिगमा पुलिस क्लबको यो तेस्रो जित हो भने एनआरटीको चौथो हार । लिगमा ५ खेलबाट १० अंक जोडेको पुलिस क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।