२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दुधजन्य उत्पादनको बजार बढ्दो, ३ सय ५० जनाभन्दा बढीलाई रोजगारी


0
Shares

इलाम, फागुन २० । इलामका स्थानीय बजारमा दुग्धजन्य उत्पादनको माग बढ्दै गएको छ ।

जिल्लाको व्यापारिक केन्द्रको रुपमा परिचित फिक्कल, कन्याम र पशुपतिनगर बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ ।

स्थानीय बजारमा दूधबाट उत्पादित ललिपप, चुर्पी, बम्बैसन र पनिरको समेत माग बढेको छ । दुग्धजन्य उत्पादनको मागबढ्दै गएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षित भएका छन् ।

आन्तरिक पर्यटकले कोसेलीको रुपमा इलामबाट दुग्धजन्य उत्पादन खरिद गरेर लैजाने गरेकाले माग बढेको स्थानीयको भनाइ छ ।

छुर्पी र घ्यू उत्पादन गर्ने जिल्लामा तीससयको हारहारीमा रहेका डेरी उद्योगले दैनिक २५ हजार लिटर दूध खपत गर्ने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

यो वर्ष जिल्लामा २० करोड ७९ लाख बराबरको छुर्पीको कारोबार भएको छ भने ५१ करोड ४० लाख बराबरको घ्यू बिक्री भएको छ ।

डेरी उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ सय ५० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।