२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


वैदेशिक रोजगारीबाट फर्किएका महिलाले सुनाए पीडा


0
Shares

आइतबार राजधानीमा एनआरएनएले गरेको कार्यक्रममा वैदेशिक रोजगारमा गएका महिलाहरुले भोग्नु परेको समस्याका बारेमा जानकारी गराइएको थियो ।

अधिकांश महिला रहरले भन्दा पनि बाध्यताले विदेशिनु परेको र स्वदेश फर्किएर पनि उनीहरुलाई काम गर्न सक्ने वातावरण नभएकोमा सहभागीहरुले चर्चा गरेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारकै सिलसिलामा खाडी लगायतका मुलुकमा काम गरी फर्किएका महिलाले आफुहरुले विदेशमा भोगेका समस्याका बारेमा जानकारी गराएका थिए ।