
आइतबार नेप्से १३०० नजिक आइपुगेको छ ।
नवनियुक्त अर्थमन्त्री डा.युवराज खतिवडाको ‘पूँजी बजार अनुत्पादक क्षेत्र’ भन्ने अभिव्यक्तसँगै पूँजी बजारमा पहिरो नै गएको विश्लेषण गरिएको छ । यसदिन नेप्से ४१ अंकले ओरालो लागेर १३०४ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे ।
बीमा समूहमा सबैभन्दा उच्च २८६ अंकको गिरावट आयो । जलविद्युत समूह ६२ अंक, लघुवित्त समूह ५९ अंक, उत्पादनमूलक समूह पनि ५३ अंकले ओर्लिए ।
विकास बैंक समूहमा ४१ अंक, होटल र वाणिज्य बैंक समूहमा पनि ३५÷३५ अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीको १३ लाख ११ हजार कित्ता शेयर साढे ४८ करोड बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्