भोजपुरको पिखुवा खोला जलविद्युत् आयोजनाको काम धमाधम • Image Khabar Image Khabar


भोजपुरको पिखुवा खोला जलविद्युत् आयोजनाको काम धमाधम


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार ०९:२१

भोजपुरको पिखुवा खोला जलविद्युत् आयोजनाको काम धमाधम

राजन राई/ईमेज:
भोजपुर, फागुन २१ । भोजपुरको गुम्वामा निर्माणाधीन पिखुवा खोला जलविद्युत् आयोजनाको कामले तिव्रता पाएको छ ।

स्टन हाइड्रोपावर कम्पनीको लगानीमा निर्माणाधीन ५ मेगावाट क्षमताको यो आयोजनाको कामले एक वर्षयता गति लिएको हो ।

भोजपुर नगरपालिका वडा नम्बर ६ गुम्वामा निर्माण भईरहेको पिखुवा खोला जलविद्युत आयोजनाको काम ६० प्रतिशत सम्पन्न भएको हो ।

नेपाल सरकारबाट २ दशमलव ५ मेगवाटको अनुमति लिएर २०६६ सालबाट स्टन हाइड्रो पावर कम्पनिले पीखुवा खोला जलविद्युत आयोजनाको काम अगाडी बढाएको थियो ।

काम थालेको केही समयमा पुन यसको क्षमता थप गर्नका लागी भन्दै निर्माण कार्य अगाडी बढाउन नसकेको कम्पनिले पछिल्लो एक बर्ष अघि बाट ५ मेगवटको स्विकृति प्राप्त गरी निर्माणको कामलाई तिव्रता दिएको हो ।

कम्पनी र नेपाल सरकारबीच २०७६ मसान्त सम्मको पिपिए सभmौता रहेपनि २०७५ मसान्तसम्ममा सुचारु गर्ने गरी काम भैरहेको आयोजना प्रमुख इन्जिनियर रोषण शाहले बताए ।

हाल आयोजना स्थलको ईन्टेकमा करिव ४० प्रतिशत ड्यामको काम मात्रै बाँकी रहेको र अन्य सुरुङ निर्माणको काम सम्पन्न भैसकेको छ ।

यस्तै इन्टेकदेखि फोरवेसम्म तीन किलो मिटर वेसलाइनको काम सकेर पाइपलाईन विस्तारको काम समेत ७० प्रतिशत सकिएको छ । फोरवेदेखी टरमाइन रहने स्थलसम्म वेसलाइनको काम सम्पन्न भैसकेको छ ।

टरमाइनका लागि फाउन्डेसनको काम भैरहेको र फाउन्डेसन सकिए लगतै टरमाइन जडानका लागि चिनियाँ प्राविधिक टोली आउने आयोजनाका कर्मचारीले जनाएका छन् ।

हालसम्म कुल ७० प्रतिशतको हाराहारीमा काम सम्पन्न भैसकेको र सरोकारवालाहरुको समेत राम्रो सहयोग रहेकाला पिपिए समय अवधिभन्दा पहिले नै काम सम्पन्न गर्न सकिनेमा ढुक्का रहेको आयोजनाका व्यवस्थापक दिपेन राईको भनाई छ ।

एक सय चौध करोडको लगानिमा निर्माण भैरहेको आयोजना स्थलमा हाल ४ सयको हाराहारीमा नेपाल र भारतका कामदारहरुले काम गरिरहेका छन् ।

निजि लगानिमा भोजपुर जिल्लाका लागि यो नै सवैभन्दा ठुलो आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्