Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


रानीपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको आरोपसहित फौजदारी मुद्दा दर्ता


0
Shares

महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको नम्बर ३७१ को उजुरीमा भनिएको छ–‘कानुनविपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।’

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका निर्देशक उत्तरकुमार रेग्मी, रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएका वर्ल्डवाइड कँडेल जेभीका ठेकेदार अर्जुन कँडेललाई विपक्ष बनाएर मुद्दा दर्ता गरिएको हो ।

रानीपोखरीको धार्मिक तथा साँस्कृतिक महत्वलाई ध्यान नदिइ जथाभावी पुनःनिर्माण गर्न खोजिएकाले संविधानको धारा ३२ ले दिएको अधिकार प्रयोग गरी फौजदारी मुद्दा दर्ता गरिएको सम्पदाप्रेमी मोनालिसा महर्जनले बताइन् ।

वि.सं. २०७२ को भूकम्पले क्षति पुर्‍याएको झन्डै ४०० वर्ष लामो इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण हाल विवादका कारण स्थगित छ । रासस

Skip This