२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उद्योगधन्दा सन्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकारकेन्द्रित : उद्योगमन्त्री


0
Shares

लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमन्डलसँग सोमबार उद्योग मन्त्रालयमा छलफल गर्दै उनले आफूहरु औद्योगीकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिबद्घताका साथ चुनाव लडेर निर्वाचित भएर आएको स्मरण गराउँदै उद्योगी–व्यवसायीहरुलाई ढुक्क हुन आग्रह गरे ।

वर्तमान सरकार विगतका सरकारको निरन्तरता होइन भन्दै उनले इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि ठोस काम गर्ने गरी सरकार गठन भएको जिकिर गरे ।

महासंघ अध्यक्ष श्यामप्रसाद गिरीले वर्तमान अवस्थाको आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्न उत्पादनमूलक क्षेत्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

निर्यात प्रवर्धन गर्न निर्यात प्रवद्र्धन गृह स्थापना गर्ने अवधारणा कार्यान्वयनका लागि पनि उनले मन्त्री यादवको ध्यानाकर्षण गराए ।