विराटनगर, मंसिर १४ । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पाँचौ संस्करण यही फागुन अन्तिम साताबाट विराटनगरमा हुने भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति निकाल्दै फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने जनाएको छ ।
विराटनगरस्थित शहिद रंगशालामा प्रतियोगिता हुने यसअघि नै निर्णय भईसके पनि मिति तोकिएको थिएन । ओमानको मस्कटमा भएको साफ राष्ट्रको भेलाले प्रतियोगिताको मिति तय गरेको एन्फाले जनाएको छ ।
महिला साफमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यसअघि महिला साफ श्रीलंकामा हुने तय भए पनि श्रीलंकाले अन्तिम समयमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएपछि नेपालले अवसर पाएको हो ।








प्रतिक्रिया दिनुहोस्