१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


इलाम घुम्न आउने पर्यटकको संख्या बढ्यो, आम्दानी बढेन


0
Shares

इलाम, फागुन २२ । इलाम घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । मौसम खुलेसँगै इलामका प्राकृतिक वस्तुको अवलोकन गर्न र घुम्नका लागि यहाँ आउने पर्यटकको संख्या बढेको हो ।

पर्यटक भित्रिए सँगै आम्दानी पनि बढ्नुपर्ने हो । तर पर्यटक भित्रिए पनि यहाँ आम्दानी नबढेको ब्यवसायीहरुको भनाई छ ।

इलाम आउने पर्यटक खासगरी कन्याम, कोल्बुङको पाथीभरा र श्रीअन्तुमा पुगे पनि अन्य पर्यटकीय क्षेत्र सिद्धिथुम्का, माङ्सेबुङ, इलामबजार, पशुपतिनगर, सन्दकपुर, माइपोखरी, गजुरमुखी, छिन्टापु, सन्दकपुर लगायतका पर्यटकीय स्थलमा नपुग्ने गरेका छन् ।

जिल्लाका बजार केन्द्र बास बस्ने ठाउँ मात्र बनेको छ । इलामबजार, फिक्कल, पशुपतिनगरले अझै पनि पर्यटकलाई आर्कषण गर्न सकेको छैन ।

यि वजार क्षेत्रहरु पर्यटकका लागि मात्र वास वस्ने ठाउँ बनेको ब्यवसायीहरु बताउँछन् ।

पर्याप्त प्रचारप्रसार र आर्कषण गर्ने पूर्वाधार नबन्दा यहाँको बजार एकरात बास बस्ने ठाउँ मात्र बनेको छ । बास बस्न मात्र आउने पर्यटकबाट सोचे जस्तो आम्दानी नभएको होटल ब्यवसायी बताउँछन् ।

मौसम खुले सँगै पर्यटक धेरै संख्यामा इलाम भित्रिएका छन् । यस वर्षको साउनदेखि हालसम्ममा ६८ हजार १ सय ४ जना पर्यटक इलाम भित्रिएका थिए भने पुस महिनामा मात्र १८ हजार माथी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ ।

गएको वर्ष ६२ हजारको हाराहारीमा मात्र पर्यटक आएकोे इलाम पर्यटन सूचना केन्द्र कोल्बुङ जोरकलशका सूचना अधिकारी गगन घिमिरेले बताए ।