६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


एसिया प्यासिफिक समिटको विरोध, नेपाल र कम्बोडियाबीच हवाई सम्झौता


0
Shares

काठमाडौं, मंसिर १३ । एसिया प्यासिफिक समिटमा सहभागी हुन आएका विदेशी प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार द्वारिका होटलमा भेटवार्ता भइरहँदा नेपाल समाजवादी कांग्रेसले पर्चा फाल्दै विरोध जनाएको छ ।

विशिष्ट सुरक्षा घेराभित्रै प्रवेश गरेर नेपाल समाजवादी कांग्रेसका कार्यकर्ताले विरोध पर्चा फालेका हुन् ।

पर्चामा ‘हिन्दु संस्कृतिमाथिको अतिक्रमण बन्द गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ र ‘अन्तर्राष्ट्रिय धार्मिक अतिवाद मुर्दावाद’ लेखिएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकामा प्रधानमन्त्री ओली, विभिन्न मन्त्रीहरु र विदेशी प्रतिनिधिहरुबीच भएको भेटवार्ता भइरहेको छ ।

नेपाल र कम्बोडियाबीच हवाई सम्झौता

होटल द्वारिकामै बिहीबार नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ ।

निजी क्षेत्रका सन्चारमाध्यमहरुलाई प्रवेश निषेध गरेर उक्त हवाई सम्झौता गरिएको हो ।

सम्झौताअनुसार दुवै देशका एअरलाइन्सहरुले सातामा १४ ओटासम्म सीधा उडान गर्न सक्नेछन् ।

भिडियो हेर्नुहोस्