 
	    लमजुङ, फागुन २३ । नेपाली सेनाले लमजुङको राईनासकोटमा रहेको ऐतिहासिक गढी मर्मत गरेको छ ।
जीर्ण अवस्थामा रहेको सो गढीको मर्मत लमजुङस्थित श्रीजंग गणका सेनाले गरेक हुन् ।
राईनासकोट गढीमा भत्किएको पर्खालको मर्मत तथा सरसफाई गरिएको श्रीजङ गणका गणपती माधव थापाले जानकारी दिए ।
जीर्ण संरचना मर्मत गर्न ३० जनाको टोली खटाइएको थियो । मर्मतका लागि आवश्यक सामाग्री पनि श्रीजंग गणले नै जुटाएको थियो ।
केही दिनअघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले सो गढीको स्थलगत अवलोकन गरेका थिए ।
ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि प्रधानसेनापति क्षेत्रीले मर्मत गर्न श्रीजंग गणलाई निर्देशन दिएका थिए ।
गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राईनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्