
तर, प्रचार प्रसार नहुँदा तेस्रो मुलुकका पर्यटक भने अझै पुग्न सकेका छैनन् । जहाँबाट तीन देशका हिमाल मज्जाले देख्न सकिन्छ ।
सन्दकपुरमा बसेर नेपाल–भारत र भुटानका हिमालका १८० डिग्रीको सोझो सतहमा दुई दर्जन वढि हिमश्रीखंला देख्न सकिन्छ ।
तर यहाँ पुग्ने बाटो राम्रो नहुँदा सोचे अनुरुपको पर्यटक पुग्न सकेका छैनन् ।
इलाम सदरमुकामबाट ४५ कि.मी उत्तरको ३ हजार ६ सय ३६ मिटर उचाइको सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो कञ्चनजंघा मात्र होइन, सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्रीसहित ६० वटा हिमाल देखिन्छ ।
हिमचुचुरा मात्र होइन सन्दकपुरबाट देखिने सुर्योदय र सुर्यास्तको दृश्यले पनि पर्यटकहरुलाई आर्कषित गर्ने गरेको छ ।
बिभिन्न देशका हिमश्रृंखला सँगै प्राकृतिक र मनोरञ्जनात्मक दृष्यावलोकनका लागि पर्यटकहरु यहाँ आउने गरेको स्थानीय बालकृृष्ण गुरुङ बताउँछन् ।
सन्दकपुर पुग्नेमा अधिकांस भारतीय मुलका पर्यटक छन् । त्यो पनि भारतबाट बाटो राम्रो र सहज भएपछि उनिहरुको आवागमन बढेको हो ।
तर, नेपालतर्फ बाटो राम्रो नहुँदा यहाँबाट सोचेअनुरुपको पर्यटक यहाँसम्म पुग्न सकेका छैनन् ।
पर्यटकको सुविधाका लागी भनेर दोवाटे र कालपोखरी लगायतका स्थानहरुका होटल र होमस्टे समेत संचालन गरिएको छ ।
दोवाटे नजिकको २७९० मिटरको उचाइमा रहेको बनमा विश्वमा नै लोपोन्मुख मानिएको रेडपाण्डा (हाव्रे) देख्न सकिन्छ ।
चौँरी र बिभिन्न प्रजातीका गुराँस हेर्न समेत पर्यटकहरु यहाँ आउने गरेको स्थानीय दावालाक्पा शेर्पा बताउँछन् ।
यहाँ पुग्ने पर्यटक समेत यस स्थानमा एकपटक सबैजना पुग्नै पर्ने प्रतिकृया दिन्छन् । नेपाल भारत सिमाना भएकाले भारतीय पर्यटकहरुको आगमन उच्च रहने गर्दछ ।
भारतीय पर्यटकहरुको ट्रेकिङको लागी सिम्ला पछिको उत्कृष्ट गन्तव्य सन्दकपुर रहेको टुर गाइडहरुले बताउने गरेका छन् ।
इलाम–दार्जिलिङ सीमामा रहेको सन्दकपुरमा नेपालतर्फ व्यवस्थित २–३ वटा होटल छन् ।
सन्दकपुरको पर्यटन प्रर्वद्धनका लागी भने सरकारी उपस्थिति शून्य छ ।
भारततर्फ पश्चिम बंगाल सरकार मातहतका आधादर्जन कार्यालयका अतिरिक्त पर्यटकलाई आवासगृह, होटलसमेत छन् ।
नेपाली भूभागको बाटो समेत चुस्त नभएका कारण अधिकाँश आन्तरिक पर्यटकहरु समेत भारतीय बाटो हुँदै सन्दकपुर सम्म पुग्न बाध्य छन् ।
माइखोलाको शिर समेत रहेको सन्दकपुरमा बाटो, बिजुली, खानेपानी र सुरक्षा व्यवस्थाको अझै खाँचो देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्