२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


विशेष योजनासहित मजदुरहरुको हित हुने गरी सरकारले काम गर्छः मन्त्री अधिकारी


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले सरकारले मजदुरहरुको हितमा काम गर्ने प्रष्ट पारेका छन् ।

नेपाल स्वतन्त्र होटल, रेष्टुरेण्ट मजदुर युनियनको ३८ औं स्थापना दिवसको आज काठमाडौंमा उद्घाटन गर्दे उनले सरकारले विशेष योजनासहित मजदुरहरुको हित हुने गरी काम गर्ने बताए ।

पर्यटन मन्त्री अधिकारीले सामाजिक सुरक्षासहितका योजना सरकारले ल्याएको भन्दै मजदुरको उन्नत जीवनस्तर सरकारको चाहना भएको बताए ।

उनले श्रमको सम्मानबाट मात्र राष्ट्रको विकास सम्भव हुने भएकाले सरकारले श्रमिकको उचित सम्मान गर्ने उल्लेख गरे ।

कार्यक्रममा सहभागी श्रमिकहरुले भने आफुहरुको श्रमको उचित सम्मान नभएको गुनासो गरेका थिए

सरकारले तोकेको न्यूनतम ज्यालासमेत समयमा नपाएको भन्दै उनीहरुे व्यवस्थित योजना ल्याउन आग्रह गरेका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका व्यवसायी र मजदुरहरुलाई सम्मानित गरिएको थियो ।