६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


जंगली हात्तीको आक्रमण बढ्न थालेपछि माडीवासीले गरे सडक अवरुद्ध


0
Shares

चितवन । चितवनमा जंगली हात्तीको आक्रमण बढ्न थालेपछि माडीवासीले सडक अवरुद्ध गरेर सुरक्षाको माग गरेका छन् ।

स्थानीयको प्रदर्शनको कारण माडी भएर चल्ने सबारी साधन संचालन हुन सकेको छैन ।

हिजो हात्तीको आक्रमणबाट माडीमा २ जना महिलाको मृत्यु भएपछि मृतकका आफन्त र माडीवासीले कृष्णनगरचोक नजिक ठोरीमाडी सडक खण्डमासडक अवरुद्ध गरेका हुन् ।

उनीहरुले मृतक परिवारलाई क्षतिपूर्ति र सम्पूर्ण जंगली जनावरबाट सुरक्षाको माग समेत राखेका छन् ।