६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


कर्णाली र सुदुरपश्चिममा देउडा खेल लोप हुने अवस्थामा


0
Shares

-मानबहादुर वली/ईमेज

सुर्खेत । कर्णाली र सुदुरपश्चिम प्रदेशका मौलिक पहिचान झल्काउने देउडा खेल पछिल्लो समय ओझेलमा पर्न थालेको छ ।

परापूर्वकालदेखि चल्दै आएको देउडा लोप हुन थालेपछि कतिपय चिन्तित बन्न थालेका छन् ।

मौलिक संस्कृतिलाई पश्चिमी संस्कृतिले विस्थापित गर्दै गएकोले मौलिक संस्कृति लोप हुन थालेका हुन् ।

सुदुरपश्चिम र कर्णाली प्रदेशका ज्यादै प्रचलित ठाडी भाका, रत्यौली, देउडा खेल, धमारीजस्ता खेलहरु अहिले कमै सुन्न र हेर्न पाइन्छ ।

लामो इतिहास र प्रशस्त मौलिकता बोकेका यस्ता संस्कृतिका ठाउँमा आजभोलि पश्चिमा संस्कृतिको बर्चस्व बढ्दै गइरहेको छ ।

यस्ता संस्कृति  र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा हरेक महिनाको कला संस्कृति र परम्परालाई जगेर्ना गर्न वीरेन्द्रनगरमा हरेक महिनाको १ गते र १५ गते देउडा खेल संचालन हुँदै आइरहेको छ ।

तर यतिले मात्रै हाम्रा यी संस्कृति जोगिनेवाला छैनन् । त्यसको लागि कर्णाली प्रदेशबाट सांस्कृतिक क्रान्ति गर्नुपर्नेमा क्रार्यक्रममा सहभागीको जोड छ ।

अर्कोतिर विभिन्न महोेत्सव र सांस्कृतिक कार्यक्रममा देउडा खेललाई प्राथमिकता नदिएर छाडा गीतलाई प्राथमिकता दिने गरेको देउडा गायकगायिकाको गुनासो देखिन्छ ।

त्यस्तैगरी देउडा गीत तथा कला संस्कृति संरक्षण र संवद्र्धनप्रति युवापुस्ता पनि गम्भीर देखिँदैन ।

यस्ता मौलिक संस्कृति संरक्षण गर्नुपर्ने सरकारको जिम्मेवारी रहेको स्थानीय युवाको धारणा छ ।

विभिन्न अवसरहरु पारेर खेलिने देउडा, रत्यौली, ढाडी भाका , धमारीजस्ता खेलहरु  लोप भएको खण्डमा कर्णाली र सुदुरपश्चिमको पहिचान मेटिने छ ।